back

लागूऔषध दुर्व्यसनविरुद्ध अभियानः नाकाबाट फर्काइए १ हजार ८ सय दुर्व्यसनी

काठमाडौं । प्रहरीले लागूपदार्थ र लागूऔषध ओसारपसार, कारोबार एवं प्रयोग नियन्त्रण गर्न कडाइ गरेपछि दुर्व्यसनीहरु सीमा नाकाबाट भारतीय बजार पुग्ने गरेका छन् ।भारतीय बजारमा लागूपदार्थ सेवन गर्ने र कतिपयले लुकाएर ल्याउने प्रयास पनि गरिहेका हुन्छन् ।

यसरी लागूऔषध प्रयोगका लागि भारततिर जानेहरुको पनि प्रहरीले निगरानी गर्न थालेको छ । यस क्रममा पछिल्लो पटक प्रहरीले ६५ जना लागूऔषध प्रयोगकर्ताहरुलाई भारततर्फ जानबाट रोकेको छ । यो आर्थिक वर्षको तीन महिनाको अवधिमा १ हजार ८०० जनालाई प्रहरीले नाकाबाट फर्काएको छ ।

धरान, इटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगरलगायत सुनसरी र मोरङका विभिन्न स्थानबाट लागूऔषध सेवनका लागि भारत जान लागेकाहरुलाई प्रहरीले फर्काएको हो ।

उनीहरु मोरङको रानी, दरैया लगायत सीमा नाकाबाट भारतको जोगबनीतर्फ जान लागेका थिए । जोगबनीमा पुगेर लागूऔषध सेवन गर्ने र फर्कने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार त्यसरी भारत जानबाट रोकिएको लागूऔषध सेवनकर्ताहरुलाई सामूहिक रुपमा सम्झाइ बुझाइ गर्ने गरिएको छ ।

उनीहरुलाई ‘क्याम्पेन अगेन्स्ट नार्कोटिक्स’ को होल्डिङ सेन्टरमा राखेर परामर्श दिने गरिएको छ ।त्यस क्रममा लागूऔषध दुरूपयोगबाट हुने गम्भीर व्यक्तिगत, पारिवारिक एवम् सामाजिक समस्याहरूको बारेमा चर्चा गर्नुका साथै यस्तो कुलतबाट बच्न अपनाउन सकिने सिर्जनात्मक उपायहरूको बारेमा समेत जानकारी गराइएको दाहालले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको अभियानअन्तर्गत यो आर्थिक वर्षको तीन महिनामा १ हजार ८०० जनाभन्दा बढी लागूऔषध सेवनकर्ताहरुलाई नाकाबाट घर फर्काइएको जनाइएको छ ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...