back

सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

काठमाडौं । झापा र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।सुनसरीको दुहबीमा नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

उता, झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करले एकजना युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार दुहबी नगरपालिका ७ मा बिहीबार राति को ३८ प ५८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बसेका २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित चालक दुहबी–७ का २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका–८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका–६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको छ ।

धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।ठक्करपछि सिकिस्त घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३१

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि...

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...