back

दशैं र तिहारको समापनसँगै छठ पर्वको तयारी सुरु

काठमाडौं । दशैं र तिहारको समापनसँगै आउने अर्को पर्व छठको तयारी गर्ने चटारो सुरु भएको छ । छठ पर्वको मुख्य केन्द्र मानिएको जनकपुरधामका वासिन्दा स्थानीय पोखरीको सरसफाई र श्रृङ्गारपटारमा जुटिसकेका छन् ।

जनकपुरधामका पोखरीका घाटको सरसफाइ गरिएको छ भने मठमन्दिरहरुको श्रृंगारपटार पनि भैरहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीय क्लव र संघसंस्थाको अगुवाईमा सरसफाइ गरेर सिँगार्ने काम भइरहेको छ ।

स्थानीय रामेश्वर साहको अनुभवमा यसपालीको छठ पर्व विगतको तुलनामा केही महँगो देखिएको छ । बजारमा सरसामानको मूल्य बढेको छ भने सामानको आपूर्ति पनि प्रभावकारी देखिँदैन ।

आउँदो मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु गर्ने चलन रहीआएको छ । अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ ।

खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झा बताउँछन् । अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त गर्छन् ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायले बताए ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायन हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर प्रभावकारी र मानवका लागि फलकारी हुने विश्वास छ । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री प्रयोग गरिन्छ ।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरीले जनाएको छ ।चार दिनसम्म मनाइने यो पर्वमा व्रत बस्ने नारीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गर्छन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले सुनाए ।


काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...