back

आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

काठमाडौं । आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रुपमा घरपरिवारका सदस्यहरुले ग्रहण गर्नुको साथै पर्व नहुनेको घरमा वितरण पनि गर्ने चलन छ ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने आस्थाको महापर्व छठ हिजो शुक्रबारदेखि नहाय खाय विधिबाट सुरु भएको छ । पहिलो दिन ब्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो भोजन गर्छन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । आइतबार छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्यको अर्घ्य दिइन्छ । यो दिनलाई सौझकारक पनि भनिन्छ । सोमबार बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्व समापन हुनेछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भनिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।


गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

गाजामा तत्काल मानवीय राहत वितरण गर्न आह्वान डब्ल्यूएचओको आह्वान

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:५८

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गाजामा तत्काल मानवीय...

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ...

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०४

काठमाडौं । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ...

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन धर्नामा रुपन्देहीका संघ संस्था तथा व्यवसायी

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:४२

काठमाडौं । रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि...

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

इरानको जेलमा रहेकी नर्गिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३६

काठमाडौं । इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस...

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

ग्लोबल आईएमई लघुवित्तद्वारा लाभांश घोषणा

वि.सं.२०८० मंसिर २५ सोमवार ०५:३१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको...