back

पर्यटक तान्दै मिक्लाजुङ्गको मिसेलुङ फनपार्कको ‘उल्टो घर’

काठमाडौं ।मोरङको उत्तरपूर्वी भेगमा रहेको मिक्लाजुङ्ग गाउँपालिका–३ निसेलुङमा उल्टो घर बनेको छ । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर अनि कतै दुर्लभ वन्यजन्तुको मूर्ति बनाएर पर्यटकलाई आकर्षित गर्ने गरिएको छ ।संम्भावतः नेपालमा पहिलोपटक यो उल्टो घर बनेको हो।

मिक्लाजुङ्ग गाउँपालिका पर्यटकीय हिसावले प्रदेशकै एक उत्कृष्ट गन्तव्य मानिन्छ । केही प्रतिशत भू–भाग पहाडको काखमा रहेको यस पालिकामा खुडी, मिक्लाजुङ्ग डाँडा, चुलीपोखरी, मिक्लुबेतेनी लगायतका ठाउँहरु घुम्न योग्य रहेका छन् ।

मिक्लाजुङ–३ टाँडीस्थित निसेलुङ पार्कमा पर्यटक आकर्षित गर्न बनाइएको उल्टो घरको भित्री र बाहिरी संरचना सबै उल्टो अवस्थामा छन् ।स्थानीय निसेलुङ पर्यटन प्रवर्द्धन समितिले ५२ लाख रुपैयाँ लागतमा उल्टो घर बनाएको हो । घरका सबै संरचना उल्टो बनाइएको छ ।

परैबाट हेर्दा अरु सामान्य घरभन्दा ठिक उल्टो पाराको संरचना रहेको घरले दैनिक सयौं पर्यटक आकर्षित गरिरहेको छ । घरको छानो भुइँमा, जगको भाग आकासतिर देखिन्छ ।घरमित्र प्रवेश गर्दा पनि शयन कक्ष, शौचालय, भान्सा कोठा सबै उल्टो देखिन्छ । टेबल, दराज, कुर्सीहरु सबै उल्टो छन् ।

निसेलुङ पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष खगेन्द्र मादेनका अनुसार यस्तो उल्टो आकर्षक भवन बनाउनका लागि भारतको जलपाइगुढीबाट इन्जिनियर र मिस्त्री ल्याइएको थियो ।विदेशमा यस्तो संरचना बनाएर पर्यटक तान्न अभ्यास रहे पनि नेपालमा नभएकाले यो नौलो विधि आफूहरुले अपनाएको मादेनले बताए ।

उक्त घर अवलोकन गर्न एकजनाका लागि सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । त्यस क्षेत्रमा भ्युटावर, बालबालिकाका लागि पार्क, पिङ, फाउण्डेशन र मिसिलुङ मन्दिर पनि बनाइएको छ ।


यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३१

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि...

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८० मंसिर १८ सोमवार ०९:२५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ...

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

विशेष अदालतका न्यायधिसहरूले लिए पद तथा गोपनीयताको सपथ

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:३७

काठमाडौं । विशेष अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले पद तथा...