back

माधव नेपाल र प्रचण्डले पार्टी मिलाउने टुंगो लागेको यसरी खुल्यो चुरोकुरो

अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने दाबी एकजना नेताले गरेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता मेटमणि चौधरीले निर्वाचन आयोग बुधबार गरिएको सनाखतका क्रममा यस्तो दाबी गरेका हुन्।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।’

चौधरीले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका अन्य कम्युनिष्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने दाबी पनि गरेका छन्।

‘माओवादीसित अन्य साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौँ’, उनले भने, ‘४ महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्ने दिशामा छौँ।’

उनले आफूहरु एकल अध्यक्ष, बहुमतीय प्रणालीमा नेकपा एकीकृत समाजवादी जाने बताए। त्यसका लागि पार्टीमा १७ जना पदाधिकारी राखिने पनि जानकारी दिएका छन्।

चौधरीले दोस्रो पुस्ताका नेताहरुले माधव नेपाललाई उचालेर अन्तिममा धोका दिएको पनि बताए। ‘सबै मान्छे युद्धको मैदानमा रहँदैनन् नि’, उनले भने, ‘माधव नेपालसँग हामी छौँ। अब हामी अघि बढेका छौँ।’


नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

नेविसंघका तीन पूर्वअध्यक्षले चुनाव हारे, ६ जनाले चुनाव जिते

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०९:४७

काठमाडौं, १५ मंसिर। यसपटकको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका...

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०८:१७

काठमाडौं, १५ मंसिर। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक...

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

यथास्थितिमा मुलुकको अर्थतन्त्र चल्न सक्दैन – गगन थापा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०७:०६

काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यथास्थितिमा मुलुकको...

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नु आवश्यक छ –अर्थमन्त्री शर्मा

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:५७

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले  अर्थतन्त्र सुधारको लागि निजी क्षेत्रसँग...

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दाबी

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने शेखर कोइरालाको दाबी

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०५:५४

काठमाडौं, १५ मंसिर । कांग्रेसकै नेतृत्वमा सरकार बन्ने नेपाली कांग्रेस...

सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

वि.सं.२०७९ मंसिर १५ बिहीवार ०५:४७

  काठमाडौं, १५ मंसिर ।नेपाली कांग्रेसका नेता एवम् सूचना तथा...