back

सनाखतपछि ठाकुर र नेपालको दल औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मूल पार्टी विभाजन भइ नयाँ दलको रुपमा दर्ता हुन पाउँ भनि दिएको आवेदनपछि यी दुई दल औपचारिक रुपमा दर्ता भएका छन् । दल दर्ताको लागि आवश्यक न्यूनतम सांसद वा केन्द्रीय सदस्यको सनाखत गरिएपछि निर्वाचन आयोगले दुवै दल दर्ता गरेको हो ।

 

आयोगले दल दर्ताको प्रमाणपत्र भने दिन बाँकी छ । सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्यमध्ये कुनै एक भए पुग्ने गरी अध्यादेशमार्फत राजनैतिक दल सम्बन्धी नयाँ कानुन लागू गरेपछि नेकपा एमालेबाट माधव नेपाल समूह र जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर समूह अलग भइ नयाँ पार्टीको रुपमा दर्ता भएका हुन् ।

 

माधव नेपालको नेकपा (एकीकृत समाजवादी) बाट ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोगमा पुगेर सनाखत गरेका छन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट १४ सांसद र जसपाको ५१ कार्यकारिणी सदस्यमध्ये १७ सदस्यले सनाखत गरेका छन्। यससँगै यी दुवै दलका लागि आवश्यक न्यूनतम सांसद वा केन्द्रीय सदस्यको संख्या पुगेको छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...