back

एकीकृत समाजवादी र लोसपा गठनको सनाखत सकियो, आजै नयाँ दलको प्रमाणपत्र दिईने

नेकपा (एमाले)बाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा सनाखत गर्ने क्रम सकिएको छ ।

निर्वाचन आयोगले नयाँ गठन हुने लागेका दुवै दलका सांसद र केन्द्रीय सदस्यहरूलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएको थियो । निर्धारित समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदको सनाखत गर्ने प्रक्रिया सकिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

 

‘एकीकृत समाजवादीका केन्द्रीय सदस्य ५४ र संघीय संसद्का २९ सदस्यको सनाखत भएको छ त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका १६ केन्द्रीय कार्यकारिणी समिति सदस्य र १४ संघीय सांसदले सनाखत गर्नुभएको छ,’ श्रेष्ठले भने ।

दुवै दललाई प्रमाणपत्र प्रदान गर्ने विषयमा आयोग छलफलमा रहेको श्रेष्ठले जानकारी दिए । दुवै दललाई सकेसम्म बुधबार नै दल दर्ताको प्रमाणपत्र दिने तयारीमा आयोग रहेको उनको भनाइ थियो ।

एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दलको तर्फबाट सनाखत र अन्य कानुनी प्रक्रिया पूरा गरिएको र अब आयोगबाट प्रमाणपत्रको पर्खाइ रहेको बताए । दल दर्ताको प्रमाण पत्र लिनका लागि आफूहरू आयोगमा नै पर्खिएको र आयोगका प्रमुख आयुक्त र अन्य अधिकारीले सम्भवतः आजै प्रमाणपत्र दिने गरी काम अगाडि बढाइएको उनले जानकारी दिए ।

 

अध्यादेशमा गरिएको व्यवस्थाअनुसार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएपछि दल विभाजन गर्न सकिन्छ । सोही व्यवस्थाअनुसार एमालेको माधवकुमार नेपाल पक्षले २० प्रतिशत केन्द्रीय सदस्य संख्या पुर्‍याएर एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । त्यस्तै, जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएपछि महन्थ ठाकुरले आफ्नो पक्षमा केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका हुन् ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...