सार्वजनिक कोष प्रयोग गर्ने पदाधिकारीले कानुनसम्मत् ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई

वि.सं.२०७८ भदौ १४ सोमवार

काठमाडौं । भदौं १४ गते
सार्वजनिक कोष र सार्वजनिक अधिकार प्रयोग गर्ने पदाधिकारीले पारदर्शी, उत्तरदायी एवम् कानुनसम्मत् ढङ्गबाट कार्यसम्पादन गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ । सरकारी आर्थिक कारोबार गर्दा वित्तीय अनुशासन कायम गर्ने, खर्चको औचित्य एवम् उत्पादकत्व वृद्धि सुनिश्चित हुने गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व बहन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्री देउवाले सार्वजनिक खरिद र सुशासनलगायत प्रचलित कानुनको पालना गर्न मुख्य सचिव एवम् सचिवहरूलाई निर्देशन दिनु भएकोहो । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को लेखा परीक्षणको प्रतिवेदनका सम्बन्धमा आयोजना गरेको कार्यक्रममा उहाँले सुशासन र कानूनको परिपालनामा स्पष्ट भएर काम गर्न आग्रह गर्नुभएको हो ।
प्रकाशित समय : ०१:५४ बजे