७० वर्ष पार गरिसकेकाले पार्टीमा कुनैपिन कार्यकारी पदको दाबी नगर्ने झलनाथ खनालको भनाई

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौं। भदौ १५ गते
आफू ७० वर्ष पार गरिसकेकाले पार्टीमा कुनैपिन कार्यकारी पदको दाबी नगर्ने नेकपा एकीकृत समाजवादीका संस्थापक नेता झलनाथ खनालले बताउनुभएको छ । स्वास्थ्योपाचारपछि सोमबार स्वदेश फर्किनुभएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफैले ७० वर्षको मापदण्ड ल्याएकाले त्यसको पालना पूर्ण रूपले पालना गर्दै कार्यकारी पद दाबी नगर्ने बताउनुभएको हो ।
उहाँले आफुलाई कुनै कार्यकारी पोष्ट माग गर्ने नैतिक अधिकार भएको तर पार्टीले जिम्मेवारी दिएमा ठाउँ राखेको उहाँको भनाइ छ। आफूले नवौं महाधिवेशन आयोजना गर्दा नेकपा एमालेको अध्यक्षका रुपमा विधानमै ७० वर्ष पुगेपछि पार्टीको कार्यकारी पद र नेतृत्वमा नरहने मापदण्ड पारित गराएको उहाँले बताउनु भएको छ । विधानमा मापदण्ड पास गर्ने मुख्य नेता आफै भएकाले उक्त मापदण्ड दृढतापूर्वक पालना गर्ने जिकिर गर्नु भएको थियो।
प्रकाशित समय : ०१:५३ बजे