पार्टीको तेश्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते काठमाडौँ उपत्यकामा सम्पन्न गर्दै – नेपाल परिवार दल

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौ । भदौ १५ गते
पार्टीको तेश्रो राष्ट्रिय महाधिवेशन कार्तिक २८–२९ गते काठमाडौँ उपत्यकामा सम्पन्न गर्ने नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको छ।दलका प्रबक्ता सन्तोष पौडेलले महामन्त्री बिनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थनीय क्षेत्रमा संयोजक तोक्न शिफारिस समिति पनि गठन गरेको बताउनु भएको छ ।
बिधान शंशोधनको शिफारिस गर्न अधिबक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गणेश कुमार श्रेष्ठ, गोभिन्द नाथ मिश्र, पूर्व सभासद मिलन कुमारी राजबंशी र अधिबक्ता राजेश कुमार बिष्ट सम्मिलित समिति गठन गरेको छ।
प्रकाशित समय : ०३:१७ बजे