आसन्न १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने कांग्रेसका नेता गगन थापाको घोषणा

वि.सं.२०७८ भदौ १५ मंगलवार

काठमाडौं। भदौ १५ गते
आसन्न १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने नेपाली कांग्रेसका नेता गगन थापाले घोषणा गर्नु भएको छ । काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो।
नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने मिती तय गरेको छ ।यस अघिको १३ औं महाधिवेशनमा पनि थापाले महामन्त्री उम्मेदवार दिएका थिए । तत्कालिन समयमा कृष्णप्रसाद सिटौलाको खेमाबाट उनी उठेर पराजित भएका थिए ।
प्रकाशित समय : ०३:५४ बजे