दार्चुला घटनामा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको गृह मन्त्रालयद्वारा जानकारी

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
गृह मन्त्रालयले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय सुरक्षा निकाय एसएसबीको उपस्थिति रहेको जनाएको छ ।घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले मङ्गलबार गृहमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कार्यान्वयनको प्रक्रिया थाल्न गृहसचिव टेकनारायण पाण्डेलाई निर्देशन दिए । उहाँले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै स्थलगत रूपमा पुगेर तयार पारिएको प्रतिवेदनले नागरिकमा विश्वास जगाउनेमा आफू आशावादी रहेको बताए ।
प्रतिवेदनअनुसार घटना हुँदा भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थिति रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । दार्चुलाको व्यास गाउँपालिका–२, खाङदाङका धामी मालघाटबाट साउन १५ गते तुइनको प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलङ्गा आउने क्रममा बेपत्ता भएका थिए ।
प्रकाशित समय : ०१:४५ बजे