वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनाले दिए पदबाट राजीनामा, कारण यस्तो छ

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
आज बिहान वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिनु भएको छ ।
मंगलबार उहाँले औपचारिक रुपमा वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गर्नु भएको थियो । त्यसैले एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले आज पदबाट राजीनामा दिनु भएको हो ।
उहाँले आफुले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा दिएको बताउनु भएको छ । खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराउनु भएको थियो ।
प्रकाशित समय : ०४:४२ बजे