खनालको निवासमा पुगी प्रचण्डले झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी

वि.सं.२०७८ भदौ १६ बुधवार

काठमाडौं । भदौ १६ गते
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी लिनु भएको छ ।
आज बिहान डल्लुस्थित खनालको निवासमा पुगी प्रचण्डले उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
प्रकाशित समय : ०३:५३ बजे