back

आज प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दै

काठमाडौं । भदौ २३ गते
आज प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो बैठक बस्दै छ । अपराह्न चार बजे बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।

बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने र तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसपछि सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूचीमा समावेश छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश बैठकमा पेश गर्ने छन् ।यसैगरी नेपाल नागरिकता पहिलो संशोधन अध्यादेश, आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृतिका लागि पनि प्रस्ताव पेश हुने छ ।


लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

लमजुङमा समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलाे, कांग्रेस दाेस्राे दल

वि.सं.२०७९ मंसिर ११ आइतवार ०८:२२

काठमाडौं । लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे  र कांग्रेस...

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

यि हुन प्रधानमन्त्री देउवाका पराजित ६ मन्त्री

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:५६

काठमाडौं, ११ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अन्त्यतिर पुगेको...

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०७:४०

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा...

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

मनाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो दल बन्यो

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:४४

बुटवल, ११ मंसिर लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ एमाले बन्यो ठूलो दल, गठबन्धन दोस्रो 

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:२६

काठमाडौं,११ मंसिर । लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल...

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

सर्लाही २ (ख) मा कांग्रेसका कौशलकिशोर राय निर्वाचित

वि.सं.२०७९ मंसिर ११ आइतवार ०६:१५

काठमाडौं,११ मंसिर।  प्रदेशसभाअन्तर्गत सर्लाही २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर...