प्रधानमन्त्री संसद विघटन गरी निर्वाचन घोषणा गर्ने तयारीमा रहेको भट्टको दाबी

वि.सं.२०७८ असोज ३ आइतवार

पे्रस चौतारा। नेकपा एमालेका स्थायी कमिटीका सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने उद्देश्यले पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारी गरिरहेको बताएका हुन् ।
संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी समेत गरेका छन् । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उनको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उनले भने, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन ।
उनले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताए । ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उनले भने ।उनले अबको निर्वाचनपछि एमाले फेरि ठूलो दल बन्न सक्ने बताए ।
प्रकाशित समय : ०७:३० बजे