back

दिल्लीमा बसेर एमाले फुटाउन भूमिका खेल्नेले पनि पदक पाएः सुवास नेम्वाङ

प्रेस चौतारा। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भर्खरै दिल्लीमा उपचार गराएर फर्किएका झलनाथ खनालले एमाले फुटाउन भुमिका खेलेकाले गठबन्धन सरकारले पुरस्कृत गरेको बताएका छन् ।

एमालेद्वारा आइतबार च्यासलमा आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले एमाले फुटाउन भूमिका खेल्ने खनाललाई सरकारी मानपदवी–अलंकार प्रदान गरिनुलाई अर्थपूर्ण भनेका छन् ।

‘एकजना साथी दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभएको थियो, उहाँले समेत मेडल पाउनु भएछ । एमाले फुटाउन नेपालमै सक्रिय दुईजनाका परिवारले पनि मेडल पाउनुभए। कसैले मरणोपरान्त पाउनुभएछ,’ नेम्वाङले भने । एमाले फुटाउन भुमिका खेल्ने कानुन व्यवसायी, मुद्दामा फैसला गर्ने न्यायाधीश र नेताहरुलाई मात्र सरकारले मेडल र पदक प्रदान गरेको आरोप लगाएका छन् ।

‘ओली सरकारविरुद्ध मुद्दा लगाउनेले पनि मेडल पाएछन्। मुद्दा लगाउन भूमिका खेल्ने कानुन व्यवसायीले पनि मेडल पाउनु भएछ। अरु हिसाबले भूमिका खेल्नेले मेडल पाउनु भएछ। मुद्दामा फैसला गर्ने न्यायाधीशले पनि मेडल पाउनुभएछ,’ नेम्वाङले भने ।

सरकारले नेता खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गरेको छ । त्यसैगरी ९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता मंगलप्रसाद उपाध्याय र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालले समेत पदक पाएका छन् ।


तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५३

काठमाडौं, १३ मंसिर।  प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ...

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु  उचित होइन –अध्यक्ष ओली

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:१९

काठमाडौं, १३ मंसिर।  एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल...

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

स्याङ्जा र बाजुराकाे मतगणनाकाे माग गर्दै कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:२४

काठमाडौं, १३ मंसिर ।  नेपाली कांग्रेसले रोकिएको स्याङ्जा र बाजुराको...

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

उठिवासको त्रासमा थापाथली : रातभर जाग्राम, दिनभर धर्नामा

वि.सं.२०७९ मंसिर १३ मंगलवार ०९:१६

काठमाडौं, १३ मंसिर ।  सोमबार दिउँसो काठमाडौं महानगरेको टोली डोजरसहित...