गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुन्छ – मेखलाल श्रेष्ठ

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौं । असोज ७ गते
गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको भनाई छ ।
पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनु भएको हो । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उहाँले १ महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने बताउनु भएको छ ।
प्रकाशित समय : ०७:३३ बजे