एमसीसी यथास्थितिमा पारित गर्न नहुने एकीकृत समाजवादीको निर्णय

वि.सं.२०७८ असोज ७ बिहीवार

काठमाडौ । असोज ७ गते
अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) यथास्थितिमा पारित गर्न नहुने नेकपा (एकीकृत समाजवादी)ले निर्णय गरेको छ ।केन्द्रीय कमिटीको पहिलो बैठकले एमसीसीमा राष्ट्रिय सहमति जुटाउन आवश्यक रहेको निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ ।
उहाँले राष्ट्रिय हितमा आज अनुकूल नभएको, त्यसकारण आजको अवस्थामा पारित गरेर अघि बढ्न नसकिने तर्क गर्नु भएको छ । बैठकले विभिन्न ६ वटा समसामयिक प्रस्ताव पारित गरेको छ ।
प्रकाशित समय : ०९:५४ बजे