नेकपा एमालेको विरोधका बिच राष्ट्रियसभाले अघि बढायो बजेटसँग सम्बन्धित दुई विधेयक

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधका बाब्जुद बजेटसँग सम्बन्धित दुई विधेयक अघि बढाएको छ ।
शुक्रबार बसेको बैठक सुरु हुनासाथ एमाले संसदीय दलका नेता खिमलाल देवकोटाले आफूहरुको विरोध कायमै रहेको बताए । सभाध्यक्ष गणेश तिमल्सिनाले आर्थिक विधेयक अगाडि नबढाउँदा सिंगो राष्ट्रलाई असर पर्ने हुनाले एमाले सांसदहरु लाई आफ्नो स्थानमा बस्न आग्रह गरे ।
बैठकमा अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे । दुवै प्रस्ताव बहुमतले पास भयो ।
प्रकाशित समय : ०८:१७ बजे