एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको अस्वीकार

वि.सं.२०७८ असोज ८ शुक्रवार

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा नेकपा एकीकृत समाजवादी दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
अध्यादेश जारी भएसँगै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी नहुने भनी आदेश गरेको हो ।
संवैधानिक इजलासले कारण देखाउ भनि आदेश जारी गरेको छ । सरकारले भदौमा ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको र त्यसका आधारमा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।
प्रकाशित समय : १०:०२ बजे