नेपाली कांग्रेसको काठमाडौँमा आज नगर अधिवेशन नहुने

वि.सं.२०७८ असोज ९ शनिवार

काठमान्डौ । नेपाली कांग्रेसको काठमाडौँ नगर अधिवेशन आज नहुने भएको छ । निर्वाचन समितिले अधिवेशन आउने असोज १६ गतेका लागि तय गरेको छ ।
असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशील सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न नसकेकोले वडामा पुनः निर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिए । ११ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँ महानगरपालिका सहित ११ स्थानीय तह र १३८ वडा रहेका छन्
प्रकाशित समय : ०२:१३ बजे