back

जितिया पर्वको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना व्यक्त

काठमाडौं । असोज १३ गते
तराईमा मनाइने जितिया पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई राष्ट्रपति विद्या भण्डारीले शुभकामना दिनु भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

आज शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गर्नु भएको छ । उहाँले नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण पर्व भएको जिकिर गर्नु भएको छ ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...