सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई

वि.सं.२०७८ असोज १६ शनिवार

काठमाडौं । असोज १६ गते
सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमाध्यम चौथो अङ्गका रुपमा स्थापित रहेको भन्दै नेपालले समेत सोही मान्यता अनुसार यसलाई फस्टाउन अभिप्रेरित गरेको उल्लेख गर्नुभयो ।
प्रकाशित समय : ०१:५५ बजे