back

देशमा पूर्वाधारको गतिलाई तीव्र बनाउनका लागि कांग्रेसको जित्न आवश्यक छ –प्रकाशमान सिंह

काठमाडौं, १३ कात्तिक । कांग्रेसको ध्यान कानुन निर्माणमा मात्र नभइ पूर्वाधार विकासमा पनि भएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । चुनाव प्रचार अभियानका क्रममा आइतबार बिहान मतदातासँग भेट गर्दै नेता सिंहले देशमा पूर्वाधारको गतिलाई तीव्र बनाउनका लागि कांग्रेसले जित्न आवश्यक भएको जिकिर गरेका छन् । उनले जनतालाई समस्या परेका बेला आफूले सकेको सहयोग गरेको भन्दै उनले यसपटक पनि जनताले आफूलाई जिताएर पठाउनेमा आशावादी रहेको बताएका छन्। चुनावका बेला सबै दल जनताको दैलोमा आउने भए पनि सही पात्र छानेर मतदान गर्न आग्रह गरेका छन् ।

उनले आफूभन्दा अघिका जनप्रतिनिधिको तुलनामा भौतिक पूर्वाधार विकासको क्षेत्रमा आफूले धेरै काम गरेको दाबी गरेका छन् । काठमाडौं–१० बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिंहले उक्त क्षेत्रबाट जितेर गएका जनप्रतिनिधि प्रधानमन्त्रीसमेत भइसकेपछि आफू बराबर कसैले विकास गर्न नसकेको बताएका छन् । २०६४ यस क्षेत्रबाट जनताले आफूलाई जिताएर पठाएपछि मात्र विकासको ढोका खुलेको उनको भनाइ छ। विकास निर्माणका कामलाई प्रभावकारी रुपमा अघि बढाउन कानुनहरु निर्माण भइरहेको बताउँदै उनले काठमाडौं–१० को पूर्वाधार विकासका लागि कांग्रेसलाई जिताएर पठाउन अनुरोध गरे।


मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

मेयर बालेनपछि विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल एक्सनमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:१८

  काठमाडौं, १४ मंसिर।  काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले...

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

९९ लाख ९३ हजार मतगणना हुँदा कुन दलको कति मत ?

वि.सं.२०७९ मंसिर १४ बुधवार ०४:०४

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा...

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट निर्वाचित

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:५३

  काठमाडौं, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का...

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

कतार फिफा विश्वकप: इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा

वि.सं.२०७९ मंसिर १४ बुधवार ०३:३९

काठमाडौं, १४ मंसिर ।क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १–० अन्तरले...

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन – माधव नेपाल

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:०२

काठमाडौं, १३ मंसिर।  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल...

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

वि.सं.२०७९ मंसिर १३ मंगलवार १०:५६

काठमाडौं, १३ मंसिर । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र...