back

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक÷एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशम्शेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गरे । त्यस्तै क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गरेकी छिन् ।

त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित भए ।

ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर २ को प्रदेशसभा १ मा  एमालेका रामेश्वर  श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पारे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गरे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर ३ को प्रदेशसभा १ मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा २ मा एमालेका प्रेमभक्त महर्जनले जित हासिल गरे । ललितपुर क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, प्रदेशसभामा निर्वाचित सदस्य रघुनाथ र प्रेमभक्तलाई मंसिर ८ गते बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

प्रतिनिधिसभामा निर्वाचित डा. कार्कीले ११ हजार १ सय ३६ मत, प्रदेशसभामा निर्वाचित रघुनाथले ९ हजार ७ सय ६६ मत र प्रेमभक्तले ९ हजार ५८ मत प्राप्त गरेकी छिन् । ९४ हजार १ सय १६ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ लाख ५० हजार ४ सय १० मतदाता रहेको यस जिल्लामा १ लाख ६५ हजार ४ सय ३८ मत खसेको जिल्ल निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...