back

पत्रकार किशोर नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट वञ्चित गरिएकोमा पत्रकार महासंघको आपत्ति

 

काठमाडौं, १४ मंसिर।  नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकार नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पूर्वसभापति नेपालकाअनुसार डेढ महिनाअघिदेखि क्रमिक रूपले उनले चलाउने फेसबुक, ट्वीटर, इन्स्ट्राग्राम, इमेल र फोनसमेत बन्द गरिएको र यसबारे प्रहरीको साइबर व्यूरोलगायतमा लिखित जानकारी गराउँदा पनि समाधानमा तदारुकता नदेखाउनु अत्यन्त दुःखद् पक्ष रहेको जनाइएको छ ।

‘विगत पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान दिँदै आउनु भएका पत्रकार नेपाललाई सामाजिक सञ्जालका सबै माध्यमबाट बञ्चित गराउने अभिप्रायले भएको यो हर्कत अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ घटनाको छानबिन गरी अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याउने कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग गर्दछ,’ पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १०:२५

काठमाडौं, माघ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट...

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने–पर्यटनमन्त्री किराती

वि.सं.२०७९ माघ २२ आइतवार ०९:५१

काठमाडौं, माघ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

एकअर्काबीच झगडा होइन, सबै मिलेर जानुपर्छ–सांसद पौडेल

वि.सं.२०७९ माघ २२ आइतवार ०९:४४

काठमाडौं, माघ २२ गते । मुलुकका अगाडि देखिएका समस्या समाधान...

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

सत्तामा विग्रह ल्याउने अनुभव नेपाली कांग्रेससँग राम्रै छ–अध्यक्ष ओली

वि.सं.२०७९ माघ २२ आइतवार ०८:५१

काठमाडौं, माघ २२ गते । अस्थिरताका कारण देश विकासले गति...

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि उर्मिला अर्यालद्वारा मनोनयन दर्ता

वि.सं.२०७९ माघ २२ आइतवार ०८:४१

काठमाडौं, । भोली (सोमबारं) हुने रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा...

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठद्वारा आयोगमा निवेदन

वि.सं.२०७९ माघ २२ आइतवार ०८:२५

काठमाडौं, माघ २२ गते । उमेश श्रेष्ठले आफूलाई प्रतिनिधि सभा...