लोकतन्त्र छ र त यो स्वतन्त्रता छ–गगन थापा

वि.सं.२०८० वैशाख ११ सोमवार

काठमाडौं, वैशाख ११ गते । राज्य व्यवस्थामा लोकतन्त्र उत्कृष्ट व्यवस्था रहेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।आज लोकतन्त्र दिवसको शुभकामना दिँदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको बताएका हुन् ।
महामन्त्री थापाले भने, ‘राज्य सञ्चालनका व्यवस्थाहरूमध्येको उत्कृष्ट व्यवस्था हो लोकतान्त्रिक व्यवस्था । लोकतन्त्र छ र त यो स्वतन्त्रता छ, लोकतन्त्र छ र त हामी छौं,’ ‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। हामी सबैलाई लोकतन्त्रको सुदृढीकरणमा लाग्ने प्रेरणा मिलोस्। लोकतन्त्र दिवसको शुभकामना’ ।
प्रकाशित समय : ०५:०८ बजे