back

किर्ते कागजपत्रमा दोषी एमाले पुर्व सांसद खातुन जेल चलान

काठमाडौ‌, १६ बैशाख । नेकपा (एमाले) का निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन । सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पुर्व सांसद खातुन जेल चलान भएकी हुन् । उनी आफै आत्मसमपर्ण गर्न शुक्रवार अदालतमा पुगेकी थिइन ।

जिल्ला अदालत मोरङका जिल्ला न्यायधिस अम्बिकाप्रसाद निरौलाले २०७४ बैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ बर्ष जेल सजायँ फैसाला गरेका थिए ।

जिल्ला अदालतको फैसाला बिरुद्ध पुनरावेदन गर्न उच्च अदालत गएपनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो । सो अदालतले सरकारी कर्मचारी भएका कारण पुर्व गाविस सचिव कामत र मण्डललाई भने २ बर्षको सजाय तोकिदिएको छ ।

मोरङ जिल्ला अदालका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पुर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन अदालतमा आएको र अदालतले आवाश्यक प्रक्रिया पुरा गरी कैद भुक्तान का लागि कारागार पठाएको हो ।

तत्कालिन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो । २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भुमिका खेलेको अदालतले ठहर गर्दैै जेल सजायँ तोकेको हो ।


पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको छ :  रवि लामिछाने

वि.सं.२०८० जेठ २७ शनिवार ०६:५५

काठमाडौं, २७ जेठ । आफ्नो पार्टीले २०८४ मा सबै खाले...

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु

वि.सं.२०८० जेठ २७ शनिवार ०६:३८

काठमाडौं, २७ जेठ । पौडी खेल्ने क्रममा डुबेर दुई बालकको...

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

वि.सं.२०८० जेठ २७ शनिवार ०६:२३

काठमाडौं, २७ जेठ । कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता...

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:४८

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकले गत वैशाखसम्ममा शोधनान्तर...

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

वि.सं.२०८० जेठ २७ शनिवार ०५:३७

काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी...

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामाः नेपाल राष्ट्र बैंक

वि.सं.२०८० जेठ २७ शनिवार ०५:२१

काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड...