back

शरणार्थी प्रकरणमा संलग्न अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन–माधवकुमार नेपाल

काठमाडौं, १ जेठ । नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । आज बिहान समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका छन ।

‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्‍याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुँदैन्, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उनले भने । उनले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिएका छन् ।

‘भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं, ’उनले भने ।


६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:५२

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को...

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री दाहालको निर्देशन

वि.सं.२०८० माघ २६ शुक्रवार ०५:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यताका साथ...

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

न्याय सेवा आयोगद्वारा ४३ जिल्ला न्यायाधीशका लागि आवेदन माग

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:५०

काठमाडौं । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि...

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

बढ्यो नागरिक लगानी कोषको नाफा, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:४३

काठमाडौं । नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको...

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा, ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:३६

काठमाडौं । भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म...

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि दरखास्त

वि.सं.२०८० माघ २६ शुक्रवार ०४:२६

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन...