एमालेका अध्यक्ष ओली र पुर्व राष्ट्रपतिद्वारा मदन भण्डारीको शालिकमा माल्यापर्ण

वि.सं.२०८० जेठ ३ बुधवार

काठमाडौ, ३ जेष्ठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन ।
त्यस्तै पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेकी छिन् ।कोटेश्वरस्थित महादेवस्थानमा अवस्थित मदन बाटिका पुगेर उनले भण्डारीको शालिकमा माल्यापर्ण गरेकी हुन । स्वर्गिय भण्डारीको पत्निसमेत रहेकी पुर्व राष्ट्रपति भण्डारीले त्यहाँ अवस्थित मदन स्मृति पुस्तकालय पनि अवलोकन गरेकी छिन् ।
२०५० साल जेठ गते मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाम निधन भएको थियो । उनै भण्डारीको आज ३० औं स्मृति दिवसमा माल्यापर्ण गर्न पुर्व राष्ट्रपति भण्डारी कोटेश्वर पुगेकी हुन ।
प्रकाशित समय : ०५:३० बजे