नक्कली भुटानी शरणार्थी प्रकरण , अदालतमा बयान लिने प्रक्रिया सुरु

वि.सं.२०८० जेठ १२ शुक्रवार

काठमान्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूको आजदेखि अदालतमा बयान लिने प्रक्रिया सुरु हुने भएको छ । नेपालीरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन लागेको अभियोगमा पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।
प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् ।
सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा २६ करोडभन्दा बढी बिगो माग राखी उनीहरूविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतमा मुद्दा दर्ता गराएको छ ।
प्रकाशित समय : ०६:४४ बजे