back

जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने, आज संसद अवरुद्ध नहुँने

काठमाडौं, १३ फागुन । पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै अवरुद्ध संसद आजबाट खुल्ने भएको छ ।

‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदको रेकर्डबाट सो हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले  एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अवरुद्ध गरेको थियो । सो अभिव्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखे पछि हिजो संसद चल्न सकेको थिएन ।

पशुपतिमा चढाईएको सुनमध्ये ११ किलो हराए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो बिषयलाई एकाएक संसदमा प्रवेश गराए पछि स्थीति असामान्य बन्न पुगेको थियो । सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्ष पछि सो अभिब्यक्ति संसदको रेकर्डबाट समेत हटाउने सहमति भएको छ ।


कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन सभापति देउवाको निर्देशन

वि.सं.२०८० जेठ २७ शनिवार ०८:३९

काठमाडौं, २७ जेठ । पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि...

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

नेपालले नेदरल्यान्ड्सविरुद्धको अभ्यास खेलमा टस हार्यो

वि.सं.२०८० जेठ २७ शनिवार ०८:२१

काठमाडौं, २७ जेठ । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध...

नागरिकता विधेयक :  सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

नागरिकता विधेयक : सर्वोच्चको मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश

वि.सं.२०८० जेठ २७ शनिवार ०८:०६

काठमाडौं, २६ जेठ। सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र...

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला

वि.सं.२०८० जेठ २७ शनिवार ०७:५३

काठमाडौं, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि...

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

वि.सं.२०८० जेठ २७ शनिवार ०७:३२

काठमाडौं, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे...

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा

वि.सं.२०८० जेठ २७ शनिवार ०७:१८

काठमाडौं, २७ जेठ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार...