डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव

वि.सं.२०८० असार ७ बिहीवार

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जसका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ । सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए ।
यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो बताएका हुँन् । उनले समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उल्लेख गरेका छन् ।
त्यस्तै अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताएका छन् । मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले अघि भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’
प्रकाशित समय : ०६:३२ बजे