back

आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे ?–रेशम चौधरी

काठमाडौं, ९ असार । आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रश्न गरेका छन्। चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका हुन्।

पार्टीको कार्यक्रममा लागि शनिवार सुर्खेत आएका नागरिक संरक्षक चौधरीले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुरुमै उही एउटै प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका छन् । उनले टिकापुर घटनाको बारेमा प्रश्न नसोध्न पत्रकारलाई आग्रह गरेका थिए । प्रश्नको उत्तर दिँदा थाकेको भन्दै उनले बरु नवीनतम प्रश्न सोध्न पत्रकारलाई आग्रह गरेका हुन् ।

उनले आफूलाई विमानस्थलमा यस्तो स्वागत होला भनेर नसोचेको बताउँदै भने, ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला?’‘मलाई तपाईँहरूले सोध्नै पर्ने प्रश्न भए सोध्नुहोस् म जवाफ दिउँला तर, हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजिद छौँ,’ उनले भने, ‘तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’

पत्रकारहरूले पनि टिकापुर घटनाबारे चौधरीलाई प्रश्न सोधेनन् । उनले सुर्खेत आउँदा आफूलाई विमानस्थलमा स्वागत होला भनेर नसोचेको बताए । ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला,’ उनले भने,‘ हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन् ।’


चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...