back

कांग्रेस अलमलिंदा र लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छः महामन्त्री थापा

काठमाडौं, ९ असार । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अलमलिंदा समाज प्रभावित भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने बताएका छन् । नेपाली समाजको निराशाको कारण पनि यही भएको उनको भनाई छ ।

महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’उनले अब लय बिराएको कांग्रेसमा थिति बसाल्नुपर्ने बेला आएको बताए । अहिले पुरानो पार्टी भनेर गर्व गरेको तर नयाँलाई आकर्षण गर्न नसकेको उनको भनाइ छ ।

त्यस्तै महामन्त्री थापाले निर्वाचन प्रणाली बदल्नुपर्ने वेला भएको बताएका छन्। संसद्लाई समावेशी बनाउन अहिलेको समानुपातिक निर्वाचन प्रणाली अपनाइएको उनको भनाइ थियो।

अन्य उपायले पनि संसद्लाई समावेशी बनाउन सकिने उनको भनाइ थियो। “संसद्लाई समावेशी बनाउन यस्तो निर्वाचन प्रणाली बनाएका हौं,” थापाले भने, “संसद्लाई समावेशी बनाऔं, निर्वाचन प्रणाली बदलौं।”

उनले प्रतितिधि सभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने जिकिर गरे। “प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली नराखौं,” थापाले भने, “१६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्र महिलाका लागि रिजर्भ गरौं। त्यसमा सबै पार्टीको महिला मात्रै लड्नुहुन्छ।”

हिलेको निर्वाचन प्रणालीका कारण गठबन्धन बनेको उनको भनाइ थियो। काम नलाग्ने भयो भने गठबन्धन बदलिने उनको भनाइ थियो। “हामी एउटा गठबन्धनमा छौं। गठबन्धन चित्त बुझेन, ठीक ढङ्गले गएन भने बदलिन्छ,” थापाले भने।


पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

पोल्याण्ड पठाईदिने भन्दै ठगि गर्ने मेनपावर सञ्चालक पक्राउ

वि.सं.२०८० असोज ९ मंगलवार ०६:१९

काठमाडौ, ९ असोज । पोल्याण्ड पठाईदिन्छु भन्दै १२ लाख कुम्ल्याएका...

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

वि.सं.२०८० असोज ९ मंगलवार ०५:५८

काठमाडौ, ९ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

एसियाली जुडो खेलकुदः नेपालको यात्रा समाप्त

वि.सं.२०८० असोज ९ मंगलवार ०५:१६

काठमाडौ, ९ असोज । एसियाडको जुडो खेलमा नेपालको यात्रा मंगलबार...

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

एनएलजी इन्स्याेरेन्सको पुँजी वृद्धि योजना :  सेयर जारी गर्न बिक्री प्रबन्धक नियुक्त

वि.सं.२०८० असोज ९ मंगलवार ०४:५५

काठमाडौ, ९ असोज । एनएलजी इन्स्याेरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि...

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

 ऋणपत्र निष्कासन गर्दै सिटिजन्स बैंक

वि.सं.२०८० असोज ९ मंगलवार ०४:४७

काठमाडौ, ९ असोज । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ३ अर्ब...

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्विर भाइरल

वि.सं.२०८० असोज ९ मंगलवार ०४:३६

काठमाडौ, ९ असोज । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा...