back

संसदीय समितिका सभापति चयन गर्न प्रमुख तीन दलका शीर्ष नेता सहमत

काठमाडौं, १९ असार । प्रमुख तीन दलका शीर्षनेताहरु संसदीय समिमिका सभापति चयन गर्न सहमत भएका छन् । आज सभामुख देवराज घिमिरेको आह्वानमा बसेको बैठकमा शीर्षनेताहरु संसदीय समितिका सभापति चयन गर्न सहमत भएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो ।

बैठकमा सहभागी कानुनमन्त्री धनराज गुरुङका अनुसार संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको छ । पूर्वसहमतिअनुसार नै चाँडै सभापति चयन गर्न नेताहरु सहमत भएका उनको भनाइ छ ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले मंगलबार शीर्ष नेताहरुलाई बोलाएर छलफल गरेका हुन् ।


शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

शिल्पा शेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

वि.सं.२०८० असोज ७ आइतवार ०३:२९

काठमाडौं, ७ असोज । शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा...

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगेपछि सुरु भयो तनाब

वि.सं.२०८० असोज ७ आइतवार ०३:२०

काठमाडौं, ७ असोज ।  फिलिपिन्सले विवादित दक्षिण चीन सागर क्षेत्रमा...

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...