back

धार्मिक सद्‌भाव बिथोल्ने संविधानविपरीतका गतिविधि भइरहेका छन् : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत् उनले सो माग गरेका हुन् । स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधानविपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् ।

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

यसबारे फेसबुकमा लेखेकाा छन्, आफ्नो रुचिको धर्म मान्न पाइन्छ । स्वेच्छाले आफ्नो निजी मान्यता बदल्न पनि पाइन्छ तर अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सदभाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न पाइदैन ।

संविधानले समेत यसलाई बर्जित गरेको छ। धरानमा गोरु काटेर भोज खाँदै गरेको भिडियो सामग्री सामाजिक सञ्जालमा पोस्ट गरिएका छन् । त्यसमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक छन् । यस्ता हर्कतहरु रोकिनुपर्छ, साथै धार्मिक सदभाव बिथोल्ने नियतबाट गरिएका यस्ता गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गरिनुपर्छ भन्नेमा स्पष्ट छौं, नेपाल सरकार र प्रशासनको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।


नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

नेपाली सेनाका प्रधानसेनापति शर्मा आज भारत जाँदै

वि.सं.२०८० असोज ७ आइतवार ०३:१०

काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान...

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

यस्तो छ, आजको फलफूल तथा हरियो तरकारीको मूल्य

वि.सं.२०८० असोज ७ आइतवार ०३:०४

काठमाडौं, ७ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास...

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

यसअघि स्थगित क्रिकेटर लामिछानेको मुद्धाको पेशी आज

वि.सं.२०८० असोज ७ आइतवार ०३:००

काठमाडौं, ७ असोज । नावालिग बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप...

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्रको विनिमय दर

वि.सं.२०८० असोज ७ आइतवार ०२:५१

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजरका लागि विदेशी...

आज स्वदेश फर्कदै सभामुख घिमिरे

आज स्वदेश फर्कदै सभामुख घिमिरे

वि.सं.२०८० असोज ७ आइतवार ०२:४३

काठमाडौं, ७ असोज । सभामुख देबराज घिमिरे आज स्वदेश फर्कदैछन...

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

वि.सं.२०८० असोज ७ आइतवार ०२:३७

काठमाडौं, ७ असोज । राहातका शिक्षकहरुको आन्दोलन आज पनि हुने...