सभामुखले सम्झाए आइरिस राष्ट्रपतिलाइ उनको नेपालीमा अनुबादित कविता संग्रह

वि.सं.२०८० असोज ६ शनिवार

काठमाडौं । सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।
भेटघाटको क्रममा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रह स्मरण गरेका छन । उनले भने, ‘तपाईंले लेखको कविता संग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यतै राम्रो छ । नेपालीले रुचाएका छन् ।’
तत्कालिन बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि। हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता संग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि. हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता संग्रह लोकार्पण गरेका थिए ।सभामुख घिमिरेले बयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन ।
प्रकाशित समय : ०३:४३ बजे