back

अध्यक्षओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीका कठोर दिनहरुको स्मरण गरेका छन् ।दोस्रो संविधानसभाबाट नयाँ संविधान निमार्ण भइरहेको बेला भारतले गरेको नाकाबन्दीको ओलीले स्मरण गरेका हुन् ।

ओलीले ‘इतिहासमा आज’ भन्दै ती कष्टकर दिनको सम्झना गरेका छन् । ‘आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन्, तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन, औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्याँस लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो, इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं।’ ओलीले स्मरण गर्दै भनेका छन, ‘ देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब ६ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।’

संविधान निमार्ण प्रति असन्तुष्ट भारतले गरेको नाकाबन्दीले सिंगो देश प्रभावित हुन पुगेको थियो । उनी अगाडी सम्झन्छन, ‘कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन।’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?’


पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...