back

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माको विश्व दौडाहा जारी

काठमाडौं, ६ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्षका प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्मा एक साताको अमेरिका र क्यानडा भ्रमणपछि कतार फर्केका छन् । गैरआवासीय अभियानमा अमेरिका क्षेत्रमा बस्ने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन शर्मा अमेरिका क्षेत्रको भ्रमणमा निस्केका थिए ।

अमेरिका भ्रमणपछि कर्मभूमि कतार आइपुग्दा शर्मालाई विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन् । शर्माले केही दिनभित्रमा आफ्नो स्पष्ट र योजना सहित अध्यक्षमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने जानकारी गराएका छन् ।

२ वर्षे कार्यकालमा अध्यक्षमा निर्वाचित भएपछि गर्ने कामको योजना शर्माले उम्मेदवारी घोषणा सभामा गर्ने छन् । शर्माले एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएसँगै विश्वका करिब सबै क्षेत्रको भ्रमण गरेका छन् ।

शर्माले विश्वका सबै क्षेत्रमा बस्ने नेपालीहरूसँग लिएको सल्लाह र सुझावको आधारमा आफ्ना कार्यक्रमहरू समेट्ने बताए । शर्मा एनआरएनए जापान, कोरिया, हङकङ, क्यानडा र अमेरिकाले गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएर कतार फर्किएका हुन् ।

एशिया र अमेरिका क्षेत्रको भ्रमण पछि शर्माले उत्साहित हुँदै आफ्नो पक्षमा राम्रो माहोल बनेको र आफ्नो जित सुनिश्चित भएको बताएका छन् । अधिवेसन सम्पन्न भएका ५९ एनसिसी मध्य प्राय सबैमा आफै पुगेका शर्माको पक्षमा अहिले राम्रो माहोल बनेको उनको दावी छ ।


मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

मञ्जुश्री फाइनान्सले गर्यो लाभांश घोषणा

वि.सं.२०८० मंसिर १६ शनिवार ०३:१३

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट...

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

दक्षिण कोरियाले गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५९

काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बिच दक्षिण कोरियाले...

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...