back

पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका छैन् : गंगा दाहाल

काठमाडौ, १४ असोज । अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको उल्लेख गर्दै यसमा सरकारको कुनै भुमिका नहुने प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वकीय सचिव गंगा दाहालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्वचालित प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पष्ट पारेकी हुन्।

उनले लेखेकी छन्, ‘‘नेपालमा पनि गएको असार ३१ गते बाट पेट्रोलियम पदार्थको मूल्य अन्तर्रािष्ट्रय बजार मूल्य अनुसार स्वचालित प्रणाली अन्तर्गत निर्धारण हुने गरेको छ, यसमा सरकारको भुमिका नहुने र अन्तर्रािष्ट्रय बजारमा स्वचालित रुपमा मुल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ ? आशा गरौं चाडपर्वको मुखमा मुल्य वृद्धिको कारण जनताको असुविधा प्रति पक्कै सरकारले केही राहत दिने छ ।’’

नेपाल आयल निगमले शनिबार बेलुका अन्तर्राष्ट्रिय बजारमा मुल्य वृद्धि भएको भन्दै पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको थियो। उक्त विषयलाई लिएर आम नागरिकले असन्तुष्टि जनाइरहेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयले भने अन्तर्राष्ट्रिय मुल्यअनुसार स्वचालित प्रणालीअन्तरगत पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको र यसमा सरकारको कुनै भूमिका नहुने स्पस्ट पारेको हो ।


ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

ब्रम्हास्त्र–२ मा जोडिए रणवीर सिंह

वि.सं.२०८० मंसिर २३ शनिवार ०९:२०

काठमाडौं । रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्रः...

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्नु हुँदैन : अध्यक्ष ओली

वि.सं.२०८० मंसिर २३ शनिवार ०८:५०

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई...

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

उच्च पहाडी तथा हिमाली भेगमा हिमपात सुरु, बढ्यो चिसो

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:४१

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी भेगमा हिमपात सुरु...

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री दाहाल

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४३

सुशासनका लाग भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त भएको छ : प्रधानमन्त्री...

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

जर्मन वैज्ञानिक बनाए विशेष प्रजातिको गहुँ, अब बर्षमा ६ पटक काटन सकिने

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:१३

काठमाडौं । गहुँ एक यस्तो अन्न हो, जुन धेरै चीजहरूमा...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता

वि.सं.२०८० मंसिर २३ शनिवार ०५:४१

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै...