back

स्थानीय तह कर्मचारी एकीकृत निजामती ऐन माग गर्दै सडकमा

काठमाडौं, १५ असोज । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको आव्हानमा स्थानीय तहका कर्मचारीले आजदेखि आन्दोलन थालेका छन् ।सोमबार काठमाडौंको माईतीघरमा, निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका हुन् ।

आन्दोलनमा देशका विभिन्न पालिकाबाट कर्मचारी काठमाडौं भेला भएका छन् । विरोध प्रदर्शनमा संघर्ष समितिका संयोजक दीपक गौतमले स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा समस्याबाट गुजरिनु परेको भन्दै निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गर्न सरकारलाई दवाव स्वरुप आन्दोलन थालेको बताए।

उनले भने, ‘स्थानीय तह कर्मचारी ऐन विभिन्न अवस्थामा रहदा बिभिन्न समस्याबाट गुजरिरनुपरेको छ । वृद्धि विकास सेवा सुविधाका बाटाहरु बन्द गर्ने र नकारात्मक असर परेकाले तत्काल हाम्रा मागहरुलाई संवोधन गरेर सरकारले संघीय निजामति ऐनको सट्टा एकीकृत निजामती ऐन जारी गरोस् भन्ने सरकारलाई दवाव स्वरुप आन्दोलन थालेका हौं ।’

भोलि देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर बस्ने र ध्यानाकर्षण पत्र बुझाउने गौतमले जानकारी दिए ।उनीहरुको असोज १९ सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ ।


एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:४४

काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न...

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाको पोज

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:३४

काठमाडौं । हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका...