प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

वि.सं.२०८० असोज १८ बिहीवार

काठमाडौं, १८ असोज । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्नेछन ।
सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पुर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रकाशित समय : ०३:३७ बजे