back

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौं, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । जसका लागि प्रदेश सभा सचिवालय भवन, बिराटनगरमा उक्त बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघि पनि मुख्यमन्त्री भएका कार्कीको सरकारमा रहेका नेकपा माओवादी केन्द्र बाहिरिए पछि उनले विश्वासको मत पाउन सकेका थिएनन, जसका कारण उनी बाहिरिनु परेको थियो । त्यसपछि सभामुखको मत र सभाध्यक्षको मतसहित नेपाली कांग्रेसका उद्दव थापाले दुई(दुई पटक लिएको मुख्यमन्त्रीको नियुक्ती सर्वोच्च अदालतले बदर गरेर कार्कीलाई मुख्यमन्त्री नियुक्ती गर्न परमादेश दिएको थियो । उक्त आदेशवाट पुनः मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८ (४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था रहेकोले आज मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

कोशी प्रदेशमा सरकारको नेतृत्व गर्नका लागि ४७ मतको आवाश्यक पर्दछ तर एमालेसँग जम्मा ४० मत मात्रै रहेको छ, थप मत अन्य दलवाट प्राप्त गर्नु पर्ने बाध्यतामा मुख्यमन्त्री कार्की रहेका छन् ।


नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै, यस्ता छन् मुख्य एजेन्डा

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि...

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले गर्यो ३० लाख सहयोग

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३७

काठमाडौं । भूकम्प प्रभावितलाई निर्माण व्यवसायी विकास परिषद्ले ३० लाख...

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

यस्ता छन् योग तथा ध्यान गर्नुका फाईदाहरु

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:३१

काठमाडौं । मोटोपनाको कारण भद्दा भएको शरीरलाई फिट बनाउनको लागि...

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

नेपाल सुपर लिग, आज ललितपुर र बिरगञ्जबीच खेल हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:२३

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई टोलीबीच...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात र वर्षाको सम्भावना

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:१५

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा...

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेलको सेयर बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:०५

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत...