back

इजरायलमा निधन भएका विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौ, २३ असोज । अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल –हमास द्वन्द्वमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव यथाशिघ्र नेपाल ल्याउन र द्वन्द्वग्रस्त क्षेत्रका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकले यो दुःखद क्षणमा समितिले सरकारलाई समर्थन गरेको उल्लेख गर्दै समितिका सभापति राज किशोर यादवले छिटो १० नेपालीको शव नेपाल ल्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

बैठकपछि समिति सभापति यादवले भने, ‘अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरुको शव यथाशिघ्र नेपाल ल्याउन,घाइतेहरुको सिघ्र स्वास्थ उपचार गर्न, वेपत्ता भएका नेपालीको तत्काल,खोजी गर्न,अप्ठेरोमा परेका नेपालीको उद्धार एवम् सुरक्षित स्थानमा स्थानान्तरण गर्न,राहतको व्यवस्था गर्न स्वदेश आउन चाहने नेपालीलाई तत्काल स्वदेश ल्याउन आवश्यक समन्वय गरी सिघ्र पहलकदमी लिन समिति सरकारलाई निर्देशन गर्दछ ।’

समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको आँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरुलाई नेपालीहरुको विवरण संकलन गरी पूर्ण तयारी अवस्थामा राख्न र त्यस्ता निकायलाई स्रोत साधन सम्पन गरी सक्षम बनाउन समेत सरकारलाई निर्देशन दिएको छ ।


यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:५३

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना...

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

काठमाडौं महानगरपालिकाले माग्यो करारमा कर्मचारी

वि.सं.२०८० मंसिर १६ शनिवार ०२:२६

काठमाडौं । काठमाडौं महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक...

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

एक दिन लम्बियो हमास इजरायलबीचको युद्द बिराम

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:५१

काठमाडौं । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको...

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

निजी क्षेत्रको महत्वलाई संविधानले प्राथमिकताका साथ उल्लेख गरेको छ : सभामुख घिमिरे

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:४३

काठमाडौं । निजी क्षेत्र मुलुकको आर्थिक विकासको खम्बाका रुपमा रहेको...

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

शरणार्थी भुटानी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:३२

काठमाडौं ।नक्कली शरणार्थी भुटानी प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री...

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

हुन्डाई गाडीहरुको ‘अनबिटेबल एक्सचेन्ज’ अफर आजदेखि सुरु

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:५३

काठमाडौं । आजदेखि नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...