गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ : प्रचण्ड,शेखर र देउवा

वि.सं.२०८० असोज २७ शनिवार

काठमाडौं, २७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस संस्थापन इतर नेता डा.शेखर कोइरालाबीच हालको गठबन्धन कायम राख्ने लिखित सहमति भएको छ ।
कोशीको बद्लिएको परिथिस्तको सम्बन्धमा छलफलका लागि शनिबार बिहान बालुवाटारमा बसेको बैठकमा तीनै जनाले वर्तमान गठबन्धन नटुटाउने अठोट गरेका छन् । उक्त बैठकले कांग्रेस सभापति देउवा, कोइराला र प्रचण्डले वर्तमान गठबन्धनलाई यथावत राख्ने र कमजोर नपार्ने कबुलीयतनामा हस्ताक्षर गरेका छन् ।
उनीहरुले हस्ताक्षर गरेको उक्त पत्रमा लेखिएको छ, ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिदैनौ ।’
प्रकाशित समय : ०५:३१ बजे