back

सभापति लामिछानेको व्यङ्ग्यः उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाँही किन बेग्ला बेग्लै ?

काठमाडौं, २७ असोज । गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिप्पणी गरेका छन् । उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्ह्रबाट लड्नेगरी ‘‘महागठबन्धनवादी मोर्चा’’ घोषणा गर्न सुझाएका छन् ।

गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पुराना पार्टीको एउटै उद्देश्य भएको टिप्पणी गरेका हुन् ।

लामिछानेले लेखेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला ।’

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै सबैलाई एक ठाउँमा आएर महागठवन्धन मोर्चा बनाउन टिप्पणी गरेका छन् । ‘ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभाबारे पनि सुन्न पाइयोस् । उद्देश्य एयटै,चरित्र एउटै,गन्तव्य एउटै भएपछि सटर चाँही किन बेग्लाबेग्लै?’, लामिछानेले लेखेका छन् ।


गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

प्यालेस्टाइनी अतिवादी समुह हमासले गर्यो इजरायलतर्फ रकेट प्रहार

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:५४

काठमाडौं । प्यालेस्टाइनी अतिवादी समुह हमासले इजरायलतर्फ रकेट प्रहार गरेको...

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो अमेरिकी डलरको भाउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०१:४८

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय...