back

सर्वोच्च सहित सबै तहका अदालत दशैं बिदामा पनि खुला रहने

काठमाडौं, २९ असोज । यो दशैं बिदामा पनि केही निश्चित सेवाका लागि सर्वोच्च सहित सबै तहका अदालत खुला रहने भएका छन् । बन्दी प्रत्यक्षीकरणका लागि शनिबार र विजया दशमीको दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू बिहान १० बजे नै उपस्थित हुनेछन् ।

सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत तयार गरेको छ । जसअनुसार असोज २९ गते न्यायाधीश सपना प्रधान मल्लले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्नेछिन् ।

त्यसैगरी असोज ३० गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईलाई जिम्मेवारी तोकिएको छ भने कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । त्यस्तै, कात्तिक २ गते न्यायाधीश मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदीले रिट सुनुवाई गर्नेछन् । कात्तिक ४ गते शनिवार भने अदालत बन्द रहनेछ ।

कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउतले रिट सुनुवाई गर्नेछन् । कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ । यस्तै, कात्तिक ८ गते हरिप्रसाद फुयाँल ९ गते कुमार रेग्मी, १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्नेछन् । कात्तिक ११ गते शनिबार अदालत बन्द रहने र आइतबारबाट भने अदालत नियमित सञ्चालनमा आउनेछ ।


दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

दीपक मनाङ्गेको ‘कंगारु’मा केदार घिमिरे ‘माग्ने बुढा’

वि.सं.२०८० मंसिर १९ मंगलवार ०३:०२

काठमाडौं । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा...

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आजदेखि सुनुवाइ हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:५६

काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध दायर भएको...

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

गाजामा इजरायली आक्रमण विस्तार, मृत्यु हुनेको संख्या झण्डै १६ हजार पुग्यो

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:३७

काठमाडौं । दक्षिणी गाजा पट्टीमा इजरायली सेनाले आक्रमण जारी राखेको...

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

नमस्ते पे मार्फत हवाइ टिकट काट्दा १ सय क्यासब्याक पाइने

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:२८

काठमाडौं । नमस्ते पे मार्फत हवाइ टिकट खरिद गर्दा १००...

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:०५

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले...

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

ऋतिकको ‘फाइटर’ को ‘फस्ट लुक’, फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ?

वि.सं.२०८० मंसिर १९ मंगलवार ०२:००

काठमाडौं । ऋतिक रोशन र दीपिका पादुकोणको सबैभन्दा ठूलो एरियल...